Home Blog

श्री ५ ज्ञानेन्द्र शाहको झापा बसाई

0

समाचार विश्लेषण:

१. स्थानको चयन – झापा (दमक)

  • झापा पूर्वी नेपालको राजनीतिक दृष्टिले संवेदनशील र परिवर्तनशील भूभाग हो। यहीँबाट लोकतान्त्रिक आन्दोलनहरूका बीजहरू पनि उम्रिएका थिए।

  • श्री ५ ज्ञानेन्द्रद्वारा यही स्थानलाई दुई साता लामो विश्रामकालका लागि रोज्नु, रणनीतिक दृष्टिले एक शान्त, तर सम्भावनाशील पृष्ठभूमि निर्माण गर्न खोजिएको संकेत हुन सक्छ।

२. ‘हिमालयन महालक्ष्मी टी इस्टेट’ – मिनी दरबार

  • ‘मिनी दरबार’ भन्ने शब्द प्रयोग हुनु स्वयंमा नै ऐतिहासिक गुञ्जन ल्याउने खालको छ।

  • यो स्थान अब राजसंस्थाको वैकल्पिक केन्द्र वा retreat diplomacy को संकेत बन्न सक्नेछ, जुन भावी संवैधानिक मोडको पूर्वसंकेत पनि हुनसक्छ।

३. सुरक्षाको विशेष व्यवस्था

  • सशस्त्र प्रहरीको उपस्थिति काठमाडौँबाट नै सुनिश्चित गरिएको हुनु, यो केवल भ्रमण होइन—संकेत हो कि केही गम्भीर राजनीतिक वा कूटनीतिक भेटघाटहरू सम्भवतः हुनेछन्।

४. सहमतिको लहर र आन्दोलनको सङ्केत

  • जेठ १५ बाट सुरु हुने भनिएको अनिश्चितकालीन आन्दोलन र राजा ज्ञानेन्द्रको यात्रा सँगै आउनुले dual symbolism देखाउँछ—

    • एकातिर जनता सडकमा राजसंस्थाको माग गर्दै उत्रिन खोज्दैछन्,

    • अर्कोतिर राजाले जनताको भावना बुझ्दै आफूलाई शान्त, दूरदर्शी नेता (राजर्षि) को रूपमा प्रस्तुत गर्दैछन्।


भावी परिदृश्यको संकेत

श्री ५ ज्ञानेन्द्रको झापा बसाईले निम्न कुराहरू संकेत गर्न सक्छ:

  1. जनस्तरबाट सुरु हुने शान्तिपूर्ण आन्दोलनको अप्रत्यक्ष अनुमोदन।

  2. राजसंस्था पुनःस्थापनाको लागि सुदूरपूर्वलाई एक ‘People’s Base’ बनाउन सकिने रणनीति।

  3. संघीयताको विफलताको पृष्ठभूमिमा वैकल्पिक शक्ति सन्तुलनको नयाँ केन्द्र।

  4. परिवारसहितको उपस्थितिले एक प्रकारको ‘घर फर्कने संकेत’ (Homecoming Symbolism)।

म राजा सहितको रैती हुँ — स्वाभिमानी रैती। म दलको राष्ट्रघाती मानसिकताको गुलाम होइन।

0

“तिमीले तिक्तताले भरिएको झोला बोकेको छौ। म त्यही तिक्तता चिर्न सकूँला कि भन्ने आशाले भरिएको झोला बोकेको छु।”

हो, तिमीले भन्यौ — म झोले हुँ। तर म भन्छु — म त्यो रैती हुँ, जसले राज्यप्रेम बोकेको छ, र जसको राजा राष्ट्रको रक्षक हो। म स्वीकार्छु — मलाई राजा सहितको रैती हुनु स्वीकार्य छ, तर पार्टीको नाममा गरिएको राष्ट्रघात कहिल्यै स्वीकार्य छैन।

तिमीले सपना देख्यौ — समानताको, समृद्धिको, परिवर्तनको। तर त्यो सपना जब दलको स्वार्थमा बिग्रिन्छ, विदेशी इसारामा बिक्छ, तब त्यो सपना देशघातमा रूपान्तरित हुन्छ। त्यसैले आज हामी भन्न बाध्य भएका छौं —

राजा रहँदा राष्ट्र रहन्थ्यो। दलहरू आए, राष्ट्र हराउँदै गयो।

तिमीले झोला बोक्यौ — आदर्शका कागज बोकेर। तर ती आदर्श कहिले भ्रस्टाचारको गन्धमा बिलाए, कहिले विदेशी दूतावासमा साटिए। र जनता, जसको नाममा तिमीले त्यो झण्डा फहरायौ, आज भोकभोकै विदेश पलायन हुन बाध्य छन्।

म सम्झन्छु —

  • श्री ५ पृथ्वीनारायण शाहले भनेका थिए: “नेपाल चार जात छत्तीस वर्णको साझा फूलबारी हो।”

  • श्री ५ महेन्द्रले देशव्यापी विकासका मूलबाटाहरू खनेका थिए।

  • श्री ५ वीरेन्द्रले विश्वशान्ति र सार्वभौमसत्ता जोगाउन युगान्तकारी कदम चालेका थिए।

तर गणतन्त्र आउँदा —
देश स्वाभिमानहीन बन्यो,
नेता सौदाबाजीकर्ता भए,
र जनता बिचलित भए।

त्यसैले म पुनः भन्छु —

मलाई राजा सहितको रैती हुनु स्वीकार्य छ। किनभने राजा त राष्ट्रका लागि हुन्छ। तर दलका झोले, तिमीहरूले पोषित दलगत राष्ट्रघात म कहिल्यै स्वीकार्न सक्दिन।

तिमीले आन्दोलन गर्यौ, तर आन्दोलनपछि नेताहरूले जनतालाई बिर्से। र म, जसले राज्यलाई आस्था र उत्तरदायित्वले हेर्छु, आज प्रश्न गरिरहेको छु:

  • तिमीहरूका आन्दोलनले सिमाना किन खुम्चायो?

  • तिमीहरूका झण्डाले किन धर्म, संस्कृति र स्वाभिमान लुटायो?

  • तिमीहरूको घोषणापत्रले किन भ्रष्टाचारलाई कानुनीता दियो?

म राजा भएको देशमा जन्मन चाहन्छु, जहाँ राजा जनताको ढाल हो। तर दलका नाममा भएको बेतालताको दलदलमा म मेरा सन्तानहरूलाई डुबाउन चाहन्न।

म विश्वास गर्छु —

  • राजा राष्ट्रको प्रतीक हो, दल स्वार्थको।

  • राजा उत्तरदायित्व हो, दल अवसरवाद।

  • राजा परम्परा र भविष्य दुवैको रक्षक हो, दल केवल चुनावी फसाद।

त्यसैले,

म राजा सहितको रैती हुँ — स्वाभिमानी रैती। म दलको राष्ट्रघाती मानसिकताको गुलाम होइन।

म आफ्नो झोला भरिरहेछु — केवल इतिहासका गौरवशाली पानाहरूले, संस्कृतिका सुगन्धले, र भविष्यका उज्याला सपनाहरूले।


अन्तमा —

“सपना त सबैले देख्छन्। तर सपनालाई राष्ट्रघातबाट जोगाउन सक्ने साहस चाहिन्छ। त्यो साहस राजा बोकेको छ। र म त्यो राजा सहितको रैती बन्न गौरव गर्छु।”

राम शाह द्वारा टीकादत्त लामिछाने लाई नेपाल राज्य भोग गर्ने मनसुवा ब्यक्त दुल्लभ लामिछाने द्वारा पुरा

संसारमा बेला-बेलामा यस्ता महान् व्यक्तिहरूले जन्म लिने गर्दछन्, जसले नीजि स्वार्थलाई त्यागेर आफूलाई परमात्माको चरणमा सुम्पिन्छन् । उनीहरूले परमात्माको विचित्र लीलालाई बुझेर काम गर्छन् । यसक्रममा कैयौं अलौकिक महापुरूषहरूको पटक-पटक अविर्भाव र तिरोभाव भएका कहानीहरू सुन्न पाइन्छ । परन्तु यसको समसामयिक मुल्यांकन र उपयोग हुन नसक्नु हाम्रो दुर्भाग्य हो । हाम्रा यस्ता कैयौं इतिहासहरू मेटाउन यहाँकै भाँडहरू सक्रिय छन् । तिनीहरूकै लापर्वाहीका कारण कतिपय त्यस्ता सम्पदाहरू कहिल्यै फेला नपर्नेगरि पुरिइसके भने केहीचाहिँ खोजी गरे अझै भेटिने अवस्थामा छन् । राजनीतिका नाममा विदेशी चास्नीमा भुल्ने प्रतिपक्ष र भ्रष्टाचारको मोहजालमा फसेका सत्तापक्षको यही रवैया कायम रहेमा पुर्खाको विरासतलाई विकृत तुल्याएर धमिलो इतिहासमा आफूलाई सुरक्षित देख्नेहरू फस्टाइरहने छन् । यिनिहरूकै कारण हाम्रा भावी सन्ततीहरूले समाज र संस्कृति नै नचिन्ने अवस्था आउला कि भन्ने डर पैदा भइसक्यो । यहाँ यस्ता एक महापुरुषको चर्चा गर्न लागिएको छ, जसको इतिहासलाई जानेर वा नजानेर धेरैतिरबाट विकृत पारिएको छ । राजा राम शाहको अनुरोधमा पैतृकथलो अछाम बाइकोटबाट गोरखा आएका ज्योतिषी अनन्त ढकालसँगै दैलेखको भुवानथान लेकको काइनेटिक ढुंगामा दियो बालेर दैलेखकी ‘भ्वानी कालिका’लाई गोरखा ल्याइ ‘बोर्लाङ कोटकाली’को रूपमा स्थापना गर्नेक्रममा ‘ज्योतिषी पण्डित दुल्लभ लामिछाने’का जिजुहजुरबुबा ‘टीकादत्त लामिछाने’को महत्त्वपूर्ण भुमिका देखिन्छ । यस क्रममा केही समय गोरखा दरबारमा समेत बसेका टीकादत्तलाई राजा राम शाहले यतै बस्न अनुरोध गर्दा ‘म त मेरै राज्य फर्कन्छु, तर मेरो तेश्रो पुस्तादेखि’ तलका सन्तान यसै राज्यमा हुनेछन्’ भनी जवाफ दिएका थिए । अनन्त ढकाल र टीकादत्त लामिछानेबीचको शास्त्रीय चर्चा सुनेपछि राजा राम शाहले नेपाल राज्य भोग गर्ने मनसुवा ब्यक्त गरेछन् । राजाको कुरा सुनेपछि राजाले दिएको जन्मटिपोटअनुसार टीकादत्त लामिछानेले राजाको जन्मपत्रिका (चिना) बनाइदिएछन् । राजाको चिना हेरी ‘अहिले समय आइनपुगेको’ भन्दै ज्योतिषी टीकादत्त लामिछानेले अझै १५० वर्ष कुर्नुपर्ने भविष्यवाणी गरिदिएछन् भने ज्योतिषी अनन्तले त्यस कार्यका लागि आफूसमेत चार पुस्ता र राजा राम शाहसमेत आठ पुस्ताको पुण्य चाहिने भविष्यवाणी गरिदिएछन् । त्यसैसमयमा रानीको अनुरोध स्वीकार गर्दै ज्योतिषी अनन्त ढकालले रानी लीलावतीको जन्मकुण्डली बनाइदिएका थिए । गोरखा राज्यमा महिलाहरूको चिना बनाउने त्यो पहिलो कार्य थियो । गोरखा राज्यका युवराज वीरभद्र शाह भक्तपुर गएर फर्कंदै गर्दा बोर्लाङघाटनजिक असामयिक निधन भएपछि स्वस्तिशान्तिका लागि दैलेखको दुल्लु क्षेत्रबाट गोरखा ल्याइएका मार्कण्डेय लामिछाने तान्द्राङ गाउँको माझ-थुम (महि-थुम) भन्ने ठाउँमा बसे । दैलेखमै विवाह गरि आएका उनकी पत्नी गुणकेशरीको कोखबाट २ छोरी र २ छोरा (रामचन्द्र र दुल्लभ)को जन्म भएछ । दधिची ऋषिको तपस्थल भएकाले द्ददधि–लेक’ भनिएको र कालान्तरमा ‘दैलेख’ भनिएको पावन भूमिको दुल्लु गाउँमा जन्मेर सिद्ध गोरखनाथको साधनाभूमि गोरखाको तान्द्राङ गाउँमा आइ बसेका मार्कण्डेय लामिछानेका कनिष्ठ पुत्र पृथ्वीनारायण शाह जन्मेकै वर्ष (पूर्वभाद्रपद नक्षत्र) मा जन्मेकाले जन्मथलो दुल्लुको सम्झनामा ‘दुल्लभ’ नाम राखियो (आमाले नौ दिनसम्म कठोर साधना गरेपछि सहज तवरबाट जन्मेकाले ‘दुल्लभ’ नाम राखिएको भन्ने कथन पनि छ) । शिक्षित एवम् उच्चकुलमा जन्म भएकाले दुल्लभ लामिछानेको शिक्षादीक्षा पितामहको रेखदेखमा आफ्नै घरमा भयो । उनले केही वर्ष ज्योतिर्विद कुलानन्द ढकालकहाँ समेत बसेर अध्ययन गरेका थिए । दुल्लभ लामिछानेले १३ वर्षको उमेरदेखि २० वर्षको उमेर (७ वर्ष) सम्म वाराणाशी (काशी) मा अध्ययन गरि फर्केका थिए । काशीबाट फर्केपछि युवाजोशका दुल्लभलाई दाजु कुलानन्दले के-के सिकेर आयौ त भनी भनेर सोधेछन् । दुल्लभले समय आएपछि एकदिन देखाउँछु भन्ने जवाफ दिएछन् । त्यसको केही दिनमै औंशीका दिनमा चन्द्रमा उदाएर आयो, औंशीको दिनलाई अकस्मात पुर्णिमा बनाएर दुल्लभले सबै गाउँलेलाई चकित पारेको र, उनका भानिजदाजु (फूपुदिदीका छोरा) कुलानन्द ढकालले सो चन्द्रमा खसालिदिएर पुनः औंशी नै कायम गरी उनको ज्ञान, सिप र क्षमताको उच्च सराहना गरेका थिए । त्यसपछि पनि गाउँलेको विशेष अनुरोधमा दाजु कुलानन्दले औंशीलाई पुर्णिमा बनाइदिने र भाइ दुर्लभले चन्द्रमा खसालिदिएको, भाइले पुर्णिमा बनाइदिएको दाजुले खसालिदिएको कहानी अझै पनि गाउँघरमा सुन्न पाइन्छ । विद्यासँगै चामत्कारिक शक्ति देखाएमात्र पत्याउने समाजमा दुर्लभले थुप्रै चमत्कार देखाएका थिए । दुल्लभ लामिछानेका बारेमा तान्द्राङको एक चौतारामा बसेका बेला काशीमा नाउ डुबेको र त्यहाँका मानिसलाई उद्वार गरेको अनि प्रमाणस्वरूप उनले आफूले लगाएको दौराको बाहुला निचोर्दा पानी आएको रोचक किंवदन्तीसमेत सुन्न पाइन्छ । अहिले उक्त चौतारोलाई ‘काशी चौतारो’ भनिन्छ भने त्यही पानी मुल बनेर बगेको खोलालाई ‘काशीखोला’ भनिन्छ । अर्को रोचक कहानी दुल्लभ लामिछानेले तान्त्रिक शक्तिको माध्यमद्वारा पहरामा सातपत्रे ओढार र मटान तयार गरेका थिए । साधनाको निम्ति मटानलाई व्यवस्थित बनाएका थिए । उक्त ओढारबाट पारिसम्म सुरुङ्गमार्ग खोलेका थिए रे ! अझैपनि त्यहाँबाट कुखुरा छिरे पर पुग्ने कहानी सुन्न पाइन्छ । दुल्लभ लामिछानेलाई कुशल वाचक पण्डित, तान्त्रिक ज्योतिषी, असल लेखक र कुशल साधकको रूपमा लिएको इतिहास पाइन्छ । उनी आयुर्वेद र योग विद्यामा समेत निपुण थिए भनिन्छ । तर, लेखनकार्यमार्फत् कीर्ति राख्ने अभिलाषा बोकी दुल्लभ लामिछानेले लेखन कार्यलाई विशेष जोड दिएका थिए । उनले गुरुहरूको मुखारबिन्दबाट सुनेका वाणीलाई लिपिवद्ध गरि रुद्री, पुराण आदि धार्मिक ग्रन्थहरू धेरै लेखेका थिए । गोरखा राज्यभर उनले लेखेका धार्मिक ग्रन्थका कितावहरूको निकै राम्रो चर्चा थियो । प्रमाणका रूपमा दुल्लभ लामिछानेद्वारा लिखित केही दस्तावेजहरू र साधना गर्ने क्रममा उनले प्रयोग गरेका कतिपय सामानहरू यस पङ्क्तिकारसँग अझै सुरक्षित छन् । केहि समय दुल्लभ लामिछानेको साथमा रहेर अध्ययन गरेका लक्ष्मिपति पाँडेले लामो समय कुलानन्द ढकालसँग बसेर ज्ञान आर्जन गरी ‘दैवज्ञशिरोमणि’ भन्ने उपाधिसमेत पाउन सफल भएका थिए । शायद त्यसैले होला, दुल्लभ लामिछाने र कुलानन्द ढकालका धेरै कृतिहरू लक्ष्मीपति पाँडेकै जिम्मामा रहेको भन्नेसमेत श्रुतिमा आएको छ । गर्ग गोत्रीय लामिछाने ब्राह्मणकुलका कुलदीपक दुल्लभ लामिछाने सिद्ध गोरखनाथका अनन्य भक्त थिए । उनले तन्त्रबलका आधारमा थुप्रै चामत्कारिक काम गरेको किवदन्ती गाउँघरतिर सुन्न पाइन्छ । सानै उमेरमा ज्ञान आर्जन गरिसकेका दुल्लभले राजा पृथ्वीनारायण शाहसँग समेत राम्रो सम्बन्ध बनाएका थिए । विस्तारित क्षेत्रमा सामाजीक सदभाव कायम राख्ने, राज्यको पहुँचलाई बलियो बनाइराख्ने तथा नीति–थितीमा समसामयिक सुधार गर्ने कार्यमा समेत यिनले महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । राजा बनेलगत्तै पृथ्वीनारायण शाह कीर्तिपुर आक्रमण गरिहाल्न चाहन्थे । ज्योतिषी कुलानन्द ढकालले बेला भएको छैन भनेर साइत निकाल्न नमानेपछि पृथ्वीनारायण शाहले अरुलाई नै साइत हेराएर निस्केछन्, तर बुढीगण्डकी तर्न सकेनछन् । अब यो समस्याको हल कसरी होला भनि राजा अलमल्ल परेका बेला सल्यानटारको बाटो हुँदै दुल्लभ टुप्लुक्क त्यहीँ पुगेछन् । राजाको अनुरोधमा उमेरमा समकालिन दुल्लभ लामिछानेले सहयोग गर्ने बचन दिएछन् । उनले तान्त्रिक शक्तिद्वारा नदीको ढुङ्गामा कटारी गाडी पानी रोकिदिइ नदी तर्न सहजीकरण गरिदिएछन् र ऊनी घर फर्किएछन् । दुल्लभ लामिछाने घर आउँदा बाटोमा गोर्खाली सेनाले युद्ध जित्छन् त भनेर स्थानीयबासीलाई सोध्दा उनले ‘गोर्खाली सेनाको हार हुन्छ, नियतिको लेखा मेटेर मेटिन्न’ भनेछन् । नभन्दै गोर्खालीहरू नदी सजिलै तरेर गएपनि युद्धमा भने नराम्रो हार भएछ, कालु पाँडे मारिएछन् । यस घटनापछि ज्योतिषी कुलानन्द ढकाल रिसाइ ‘भनेको नमान्ने यस्ता मूर्ख राजाको वरपरमा बस्दिनँ’ भनेर लमजुङ गइ बसेछन् । यता पृथ्वीनारायण शाहले भने अर्कै ज्योतिषलाई पुनः अर्को साइत निकाल्न लगाइ काठमाडौंमा दोश्रो आक्रमण गरे । दुर्भाग्यवश सो आक्रमण पनि असफल भयो । यसरी लगातारको हारपछि झण्डै हरेस खाएको स्थितिमा गोरखा फर्किंदा पृथ्वीनारायण शाहले दुल्लभ लामिछानेलाई भेटि ‘कसरी नेपाल जित्न सकिएला ?’ भनी सल्लाह मागेछन् । दुल्लभले ‘हिमवत खण्डको प्रमुख र शक्तिशाली सिंजा राज्यको शक्तिको श्रोत गोप्यरूपमा यता सार्नसके मात्र गोरखा राज्यको सहज विस्तार हुने’ बताएछन् । ‘त्यसको लागि के गर्नुपऱ्यो त ?’ भनी राजाले सोध्दा दुल्लभ लामिछानेले ‘कुलानन्द ढकाललाई लमजुङबाट फिर्ता ल्याउन सके उनले यो काम फत्ते गर्नसक्ने’ बताइदिएछन् । यसपछि राजा पृथ्वीनारायण शाह आफैं चेपेघाटसम्म गइ कुलानन्द ढकालसँग माफी मागेर पुनः गोरखा फिर्ता ल्याए । कुलानन्द ढकाल गोरखा फिर्ता आएपछि दुई भाइ मिलेर काइनेटिक ढुंगामा दियो बालेर तान्त्रिक विधिद्वारा सिंजा राज्यको मुख्य शक्तिकेन्द्र ‘ज्वालातीर्थ’ भनिने पञ्चकोशी क्षेत्रको तल्लो डुंगेश्वरबाट ‘सिद्धेश्वर महादेव’ र सिद्धकालिका तथा पादुकास्थानबाट ‘विष्णु पादुका’लाई तान्द्राङ (हालको तान्द्राङ कोटकाली) क्षेत्रमा स्थानान्तरण गरेछन् । सोही समयमा दैलेखको नारायणथानका नारायणलाई बोर्लाङकै हाल नारायणपुर भनिने ठाउँमा स्थानान्तरण गराए । यसैगरी बझाङ बडिमालिकाकी प्रतिरुप थामा चौघेरा मालिकालाई बोर्लाङमा कुलानन्द ढकालकै घर भएको स्थाननजिक ‘माई थान’को रूपमा स्थानान्तरण गरे । यसरी गोरखाबाट काठमाडौं जाने मुख्य बाटोको दायाँ र बायाँ पर्नेगरि गोप्यरूपमा दैवीशक्ति स्थापना गरेपछि कुलानन्द ढकालले दिएकै साइतमा काठमाडौं विजय भयो । खुसी भएका राजाले ‘अब यस राज्यको भोग अवधि कति छ त ?’ भनेर कुलानन्द ढकाललाई सोध्दा उनले ‘१२ पुस्ता भोग छ महाराज !’ भनेछन् । ‘त्योभन्दा पर लम्ब्याउन सकिँदैन र ?’ भनी राजाले सोध्दा दुल्लभ लामिछानेले ‘गोरखनाथको भक्ति र सेवा गरेमा लम्बिन सक्छ महाराज !’ भनेका थिए । यसपश्चात् राजाले पूर्व वचनअनुरुप दुल्लभ लामिछानेलाई धागो तान्न सकेजति (हाल धावा र तान्द्राङ भनिने) सबैै क्षेत्र समेटिएको १० मौजा क्षेत्रफल (गाउँहरूको समुहलाई पहाडतिर मौजा वा थुम भन्ने चलन छ) दिए भने कुलानन्द ढकाललाई बोर्लाङ भनिने सबै क्षेत्र बिर्ता दिए । मातापिताको देहान्तपश्चात् दुल्लभ लामिछानेले ब्रह्मचार्यमा रहने निश्चय गरेकोमा दुःखी भइ उनकी फुपुदिदी देवी ढकालले आफ्ना छोरा कुलानन्दसमक्ष ‘भाइलाई सम्झाइ-बुझाइ गरेर विवाह गराउन’ आग्रह गरेपछि कुलानन्द ढकालले राजा पृथ्वीनारायण शाहसँग उमेरका कारण आफूले दरबारको नियमित काम हेर्न नसक्ने भएकाले अविवाहित बसेका भाइ दुल्लभ लामिछानेलाई राजगुरु बनाइ विवाह गराउने वातावरणसमेत तयार गराइदिन अनुरोध गरेछन् । त्यसपछि दुल्लभलाई दरबारमा बोलाई राजगुरु बनाउने निर्णय भएछ । राजाको वचनलाई शिरोधार्य गरी उनले गोरखा मान्द्रेढुंगा निवासी वाग्लेकी छोरी देवकासँग विवाह गरेछन् । विवाहपश्चात् क्रमशः नौभाइ छोरा एक छोरीको जन्म भएछ । छोरी जमुनाको विवाह भट्ट थरका ब्राह्मणसँग भएको थियो । जीवनको पछिल्लो कालखण्डमा काम क्रोध लोभ मोह सबै छाडेर दुर्लभ लामिछाने गायत्री पुरश्चरणमा लागेका थिए भनिन्छ । सिद्धेश्वर महादेवको आराधना गर्दागर्दै अलप भएका दुल्लभ लामिछानेबारे त्यसपछि कसैले सोधिखोजी गरेको भेटिँदैन । तर, दुर्लभ ब्यक्तित्वका धनी दुल्लभ लामिछाने गोरखनाथको साधनास्थल मरेङघाट क्षेत्रमा नै ७/८ वर्षजति गायत्री साधनामा लागेर समाधिमा लीन भएका भनि बोर्लाङका वयोवृद्ध हरिप्रसाद ढकाल (हाल दिवंगत) ले २०४४ सालमा भन्नुभएको प्रसङ्गलाई तान्द्रङ्गनिवासी दुर्गा लामिछानेले पङ्क्तिकारसित बताउनुभएको थियोे । अझै पनि तान्द्राङ्गमा युगद्रष्टा दुर्लभ लामिछानेको इतिहास जीवित छन् । पङ्क्तिकार स्वयंसित युगद्रष्टा दुर्लभ लामिछानेका थुप्रै दस्तावेज र साधनाको सामग्री सुरक्षित रहेको छ । यस्तो अवस्थामा समेत यस्ता महान् ब्यक्तित्वको इतिहास यसरी भद्रगोल अवस्थामा प्रस्तुत हुनु निकै दुःखद हुन आउँछ । पछिल्लो समयमा ऐतिहासिक दस्तावेज भनेर लेखिएका दस्तावेजहरू हेर्दा उनको जन्म तथा मृत्युबारे अन्यौलमात्र सिर्जना गरिएको भेटिन्छ । खोज्दै जाँदा झन् ती पात्र कतै काल्पनिक नै पो थिए कि भन्ने शंका उत्पन्न हुनेगरी इतिहासलाई भ्रमित तुल्याइएको रहेछ । यो सम्पुर्ण लामिछाने बन्धुहरूका लागिमात्र नभइ आम नेपालीकै लागि लाजमर्दो विषय हो ।

पशुपतिमा महारुद्र महामहोत्सव: सनातन एकताको उद्घोष

काठमाडौं – सनातन परम्पराको संरक्षण र धार्मिक एकताको प्रवद्र्धन गर्ने अभिप्रायले पशुपति क्षेत्रमा महारुद्र महामहोत्सव तथा राष्ट्र शान्ति महायज्ञ आयोजना हुन लागेको छ। बुधबारदेखि फागुन १५ सम्म सञ्चालन हुने यस महायज्ञ सनातनी परम्पराको मजबुतीकरण गर्दै हिन्दू, बौद्ध, र किराँत समुदायलाई एकैस्थानमा जोड्ने हेतुले आयोजित गरिएको हो।

महायज्ञका संयोजक तथा महारुद्र फाउण्डेसनका अध्यक्ष पण्डित खगेन्द्र पोखरेलले वृन्दावनबाट अध्ययन पश्चात नेपाल फर्किएर सनातन धर्मको रक्षा र प्रवर्द्धनमा समर्पित रहेका छन्। उहाँको नेतृत्वमा यो धार्मिक अनुष्ठान सञ्चालन हुन लागेको हो। महारुद्र फाउण्डेसनसँगै महारुद्र महिला समूह, शिवसेना नेपाल, र युथ फर नेशन जस्ता संस्थाहरूको समेत संलग्नता रहेको छ।

नेपाल बहुजातीय, बहुभाषिक, र बहुसांस्कृतिक पहिचान बोकेको मुलुक भएकोले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, र राष्ट्रिय एकता अत्यावश्यक रहेको पोखरेल बताउँछन्। ‘धर्मो रक्षति रक्षितः’ सिद्धान्त अनुरूप सनातन धर्मको संरक्षण नै हाम्रो मूल ध्येय हो,’ उहाँले जोड दिए।

गुरुकुल स्थापनाको महाअभियान
धार्मिक विभाजनको साटो सनातनी एकताको सन्देश दिन हिन्दू, बौद्ध, र किराँत धर्मावलम्बीलाई एकै छानामुनि अध्ययन, अभ्यास, र जीवनपद्धतिको अभ्यास गराउने उद्देश्यले पशुपति क्षेत्रमा गुरुकुल निर्माण गरिने भएको छ। साथै, भोकालाई भोजन, प्यासीलाई पानी, र बिरामीलाई उपचार उपलब्ध गराउने दीर्घकालीन अक्षयकोष स्थापनाको समेत परिकल्पना गरिएको छ।

महाशिवरात्रिको पावन अवसरमा महायज्ञ
महाशिवरात्रिलाई लक्षित गरी सञ्चालन हुने महायज्ञ फागुन ७ देखि १५ सम्म चल्नेछ। कार्यक्रमको उद्घाटन उद्यमी दुर्गा प्रसाईंले गर्ने तय भएको छ। आयोजक समितिका सदस्य खेम खरेलका अनुसार, ‘धर्म संस्कृति र आस्थासँग जोडिएको यो अभियानले निकट भविष्यमा ठूलो रुप लिनेछ।’

पोखरेलका अनुसार, विभिन्न अवरोध र चुनौतीका बाबजुद महायज्ञ सफल बनाउन तीन वर्षदेखि शिवसेना नेपालले निरन्तर साथ दिँदै आएको छ। ‘कसैलाई पैसा बाँडेर खुसी बनाउने अभियान होइन, सनातनीहरूको एकताका लागि आवाज उठाउने, भोकालाई भोजन, प्यासीलाई पानी, र रोगीलाई उपचार दिने परोपकारी उद्देश्य हामीले लिएका छौँ,’ उनले स्पष्ट पारे।

आयोजकले अधिकभन्दा अधिक सनातनी धर्मावलम्बीहरूको उपस्थिति हुनुपर्नेमा जोड दिँदै सम्पूर्ण श्रद्धालु भक्तजनलाई सहभागी हुन अपिल गरेका छन्। साथै, विदेशी श्रद्धालुहरूको समेत ठूलो उपस्थितिको अपेक्षा गरिएको आयोजकहरूले बताएका छन्।

जय सनातन! जय महारुद्र!

 

 

4o

७५औं प्रजातन्त्र दिवसमा डा. मनोज मुक्तिको राष्ट्रिय अपील: “सम्पूर्ण क्रान्ति र पूर्ण मुक्ति” को आह्वान

७५औं प्रजातन्त्र दिवसको उपलक्ष्यमा श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाह देव सरकारबाट देश र जनताको नाममा भएको सम्बोधन, जारी शुभकामना सन्देश एवं सार्वजनिक अपीलको एक-एक शब्द र भावलाई म र मेरो नेतृत्वमा रहेको संगठन पूर्णतः समर्थन एवं हृदयंगम गर्दै श्री ५ मौसुफ सरकारको दिशा निर्देश, समयको माग, देश र जनताको आवश्यकता अनुसार सम्भव हर तवरले बलिदानीपूर्ण साथ सहयोगको वचनवद्धता व्यक्त गर्दछौं ।
कहालीलाग्दो, इतिहास कै कालो कालखण्डको रुपमा स्थापित हाल नेपाल, नेपाली, नेपालीपना, नेपालीत्त्वको वास्तविक अवस्था हामी सबैलाई थाहा नै छ ।
म र मेरो नेतृत्वमा रहेको संगठन वर्तमानका सम्पूर्ण बेथितिका विरुद्ध वर्षौं देखि अनवरत संघर्षरत रहेको तथ्य सर्वविदित नै छ र विद्यमान बेथितिको समुल नष्ट नभए-नगरे सम्म संघर्षरत नै रहने अकाट्य तथ्य हो ।
त्यसकारण,
राष्ट्रिय पहिचान कायम गर्न, ऐतिहासिक धरोहरहरु को रक्षा, राष्ट्रिय एकता, राष्ट्रिय स्वाधीनताको रक्षा, स्वतन्त्रता, मौलिक अधिकार, लोकतन्त्र-प्रजातन्त्र-जनतन्त्रको रक्षा, मौलिक मौलिकता-धर्म-संस्कृति-संस्कार-परम्परा-इतिहास को पुनःस्थापना सहित रक्षाको साथसाथै विद्यमान फासीवादी दलाल भ्रष्ट पराधिन लम्पसारवादी ब्यक्तिवादी परिवारवादी गिरोहवादी लूटतन्त्र लगायतको विद्यमान सम्पूर्ण बेथितिको समुल अन्त्य र सुनौलो बिहानीको लागि श्री ५ महाराजाधिराज सरकारको नेतृत्वमा देश र जनताको भाग्य भविष्यको सुनिश्चितताका लागि तत्काल “सम्पूर्ण क्रान्ति र पूर्ण मुक्ति” को नाराका साथ शान्तिपूर्ण निर्णायक आन्दोलनमा होमिन सम्पूर्ण आम देशभक्त राष्ट्रवादी मुक्ति कामी जनतन्त्र प्रेमी नेपाली मन र जनमा हार्दिक अनुरोधका साथ सार्वजनिक अपील गर्दछौं ।
“हामी नेपाली रहौंला कहाँ नेपालै नरहे !”
“धर्मो रक्षति रक्षित: । राष्ट्रो रक्षति रक्षित: ।।”
जय जय गोरक्ष जय जय काली, हिन्दु अधिराज्य यसै पालि ।।
वैदिक सनातन हिन्दु अधिराज्य नेपाल आमाको जय ।।
देशभक्तिपूर्ण मुक्ति अभिवादन सहित !
डा. मनोज मुक्ति “विवेक”
(डा. मनोज कुमार झा)
राष्ट्रिय संयोजक
राष्ट्रिय नागरिक आन्दोलन एवं राष्ट्र बचाउ अभियान
मिति :- २०८१/११/०७ गते बुधबार रोज ४ शुभम ।।

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बक्सेको शुभकामना

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बक्सेको शुभकामना

नेपाली दिदीवहिनी तथा दाजुभाइहरु,

नेपालमा प्रजातन्त्रको मिरमिरे विहानी उदय भएको फागुन ७ गतेको शुभ सन्दर्भमा हामी सवै नेपालीलाई हार्दिक शुभकामना व्यक्त गर्दछौ । प्रजातन्त्र स्थापनाका निम्ति उदारता दर्शाइवक्सने हाम्रा जिज्यू युवाज्यू राष्ट्रपिता श्री ५ त्रिभूवनको सम्झना गर्दै यो अवसरमा मौसुफप्रति हामी श्रद्धासुमन अर्पण गर्दछौं। जनता र राजा मिलेर प्रजातन्त्रलाई सबल वनाउन लागि परेको इतिहास साक्षी छ । त्यसैले, प्रजातन्त्रका निम्ति जीवन दान दिने ज्ञात अज्ञात शहीदहरु र प्रजातन्त्रका लागि कृयाशील रहने सवैपात्रहरुप्रति पनि हामी उच्च सम्मानभाव राख्दछौं ।

“प्रजातन्त्र” आजको युगको उत्तम शासन पद्धति हुनु पर्ने हो। आम जनताको मन, मगज र मतका आधारमा देशको विधी व्यवस्था तथा मान्यता अनुसार राज्य संचालन गर्ने सर्वमान्य आर्दश पनि हुन पर्थ्यो। यसवाट हामी कोही विमुख छैनौं । राष्ट्र भित्रका हरेकवर्ग, समूह वा व्यक्तिको हक अधिकारको संरक्षण गर्दै, प्रतिष्ठा तथा प्रगति अघि बढाउने प्रजातन्त्र – सवैको प्रिय व्यवस्था हुनु पर्दथ्यो। यसमा कहिं कसैको शंका हुन सक्दैन ।

प्रजातन्त्रको कुरा गर्दा हामीले यसलाई वाद विवाद, द्वन्द विग्रह वा विरोध प्रतिरोधको अर्थले मात्र बुझ्नु हुँदैन । यस प्रणालीलाई हामीले समाजमैत्री र जनहितैषिको रुपमा पनि हेर्नु पर्दछ । सुन्दर शब्द, आकर्षक आर्दशले मात्र प्रजातन्त्र सार्थक हुने होइन । कर्म र व्यवहारमा प्रजातन्त्रलाई उर्ताने सेवाभाव र सही प्रजातान्त्रिक आचरण हुनु पर्दछ । सबैको पहिचान हुनु पर्दछ, सबैको अस्तित्व सुरक्षित हुनु पर्दछ । निषेधको दृष्टिकोण राख्ने राजनीतिले प्रजातन्त्रलाई वलियो वनाउँदैन । पक्ष विपक्षको अहंकार, आ-आफ्नै खालको स्वार्थ तथा हठवादले पनि प्रजातन्त्रलाई गतिशील बनाउन सक्दैन ।

आज देशको इतिहास मेटिदै गएको छ । नेपालको अस्तित्व नासिदै गएको छ । नेपालका होनहार जनशक्ति दिनहुँ ताँती लागेर देशवाट वाहिरिदै गएका छन् । नेपालीको पसिना आफ्नो माटोमा होइन, अन्तै पोखिरहेको छ । जन्मदै नेपालीको शिरमा हजार होइन लाखको ऋणभारको बोझ छ । हाम्रा कलकारखाना, व्यापार व्यवसाय निरन्तर धरासायी बन्दै छ । हुँदा हुँदा हाम्रा शिक्षालयहरुमा समेत शिक्षक र विद्यार्थीहरु पातलिदै गएका छन् । नेपालको पद्धति, नीति र गतिविधी ठीक छैन, यहाँ बसेर केही हुँदैन । श्रम, शीप चेतना र ज्ञान भएका हाम्रा नागरिकहरुमा त्यस प्रकारको भाष्य चलि रहेको छ । यस्ता कुराले प्रजातन्त्रलाई शोभनीय बनाउँदैन ।

प्रजातन्त्र आसा जगाउने प्रणाली हुनु पर्दछ । जनताको भरोसा बढाउने प्रणाली हुनु पर्दछ । प्रजातन्त्र फल्दै फुल्दै जाँदा हामी सबैको भाग्य र भविष्य चम्कन्छ भन्ने भावना जाग्रत गराउने हुनु पर्दछ, तर तीन दशक यताको हाम्रो स्थिति यस्तो छैन । आम जनताको मुहारमा मुस्कान ल्याउने, जनतालाई खुशी र सुखी बनाउने, सबैले खोजेको र हामीले चाहेर रोजेको पनि त्यही प्रजातान्त्रिक व्यवस्था हो। व्यवस्था बदलियो भन्नेहरुले अवस्था राम्ररी बदल्न नसक्नु दुःखको कुरा हो।

हाम्रो यो नेपाल देश, भक्त पुर्खाहरुले फलाएको र फुलाएको सुन्दर राष्ट्र हो। यो राष्ट्रमा कुनै संकट नआवोस भन्ने हाम्रो परिकल्पना हो । त्यसैले राष्ट्रको हितमा हामीले उदारता राख्दै आयौं। त्यत्ति मात्र होइन हामीले जनताको भलो होस भनेर आफ्नो ओहदा र सुख सुविधालाई पनि त्याग गरेका हौं। त्यागले कसैको कद सानो हुने होइन, र त्यस्तो भावलाई कसैले पनि कमजोरी ठान्नु हुँदैन। कतै कुनै पन पक्ष नगरी सबैलाई समेटेर जाने हाम्रो अभिलाषा हो। हाम्रो त्यागको अर्थ र आसय पनि त्यही नै हो। हाम्रो इतिहासलाई नास गरेर र पहिचानको अपमान गरेर हामी उभो लाग्दैनौ भन्ने कुराको हेक्का राखेर हामी अघि बढौं । विगतका कमीकमजोरी तथा आफ्नो प्रकृति र संस्कृति विरुद्धका त्रुटी सच्चाएर अघि बढ्ने चेतना हामीलाई प्राप्त होस ।

देशका निम्ति र राष्ट्रका खातिर हाम्रो समर्पण, निष्ठा सदैव हुनेछ। राष्ट्र रक्षाको निम्ति सबैको अनुशासन र इमान्दार प्रयत्न हुनु पर्दछ । हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस भनेर त्याग गरेका हौं। अब नेपालको उन्नतिको लागि हामीवाट अरु के के त्याग गर्नु पर्ने हो, हामी तयार छौं । अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरुलाई आह्वान गर्दछौ ।

श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।

जय नेपाल

२०८१ साल फागुन ७ गते

 

 

श्री ५ महेन्द्र: दूरदर्शिता, कूटनीति, र नेपालको आत्मनिर्भरताको युग

नेपालको इतिहासमा श्री ५ महेन्द्र एक दूरदर्शी, साहसी, र कूटनीतिक क्षमता सम्पन्न शासक थिए, जसले देशको स्वाधीनता रक्षा गर्दै आधुनिक नेपाल निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेले। विशेष गरी उनको शासनकालमा नेपाललाई भारतको छायाबाट मुक्त गर्दै अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्ने प्रयास उल्लेखनीय छ।

संयुक्त राष्ट्रसंघमा नेपालको प्रवेश र भारतीय दबाब

नेपाल कहिल्यै पराधीन नभएको ऐतिहासिक प्रमाणहरूसहित राजा महेन्द्रले संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गर्न चार वर्षसम्म संघर्ष गरे। भारतले रसियालाई नेपालको स्वतन्त्रता अस्वीकार गर्न आग्रह गरेपछि रसियाले चारपटकसम्म नेपाल स्वतन्त्र देश होइन भन्दै सदस्यता रोक्यो। तर, राजा महेन्द्रले कूटनीतिक वार्ता, ऐतिहासिक दस्तावेज, र अन्तर्राष्ट्रिय सम्बन्धको सही उपयोग गर्दै नेपाललाई संयुक्त राष्ट्रसंघको सदस्यता दिलाए।

रसिया भ्रमण: नेपालको कूटनीतिक विजय

सदस्यता लिएपछि राजा महेन्द्रले सोभियत संघ (रसिया) को २९ दिने ऐतिहासिक भ्रमण गरे, जुन नेपालको दीर्घकालीन रणनीतिक सफलताको कोसेढुंगा बन्यो। सो भ्रमणको प्रमुख उद्देश्य भारतको प्रभुत्व कम गर्दै नेपाललाई आत्मनिर्भर बनाउने थियो।

  • पूर्व-पश्चिम राजमार्ग निर्माण
    • राजा महेन्द्रले रसियालाई नेपालमा भौतिक पूर्वाधारको आवश्यकता रहेको प्रमाणसहित बुझाए।
    • भारतले नेपाललाई आश्रित बनाउन नदिने नीति अवलम्बन गर्दै भूमिगत दलहरूलाई उपयोग गरिरहेको थियो।
    • यदि पूर्व-पश्चिम राजमार्ग नबनेको भए, नेपालको पूर्वी र पश्चिमी भूभाग जोड्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहन्थ्यो।
    • राजा महेन्द्रको पहलमा रसियाले ढल्केवरदेखि सिमरासम्मको सडक निर्माणमा सहयोग गर्‍यो।

नेपालको औद्योगिक विकासमा रूसको सहयोग

राजा महेन्द्रको दृढ कूटनीतिक क्षमताका कारण रसियाले नेपालमा विभिन्न उद्योग तथा स्वास्थ्य क्षेत्रमा सहयोग पुर्यायो।

  • बिरगंज चिनी कारखाना
  • जनकपुर चुरोट कारखाना
  • कृषि औजार कारखाना
  • स्वस्थ्य सेवाको सुधारका लागि १००० भन्दा बढी नेपाली डाक्टर उत्पादन गर्न मद्दत
  • प्रविधि हस्तान्तरण गर्दै नेपाललाई कृषि तथा उद्योगमा आत्मनिर्भर बनाउने प्रयास

नेपाललाई भारतको प्रभुत्वबाट मुक्त गर्ने रणनीति

भारतले नेपाललाई आफ्नै अधिनस्थ राख्न विभिन्न नीतिहरू अपनाउँदै थियो।

  • नेपाली भूमिगत राजनीतिक दलहरूलाई आर्थिक सहयोग गर्दै अस्थिरता फैलाउने प्रयास
  • पूर्व-पश्चिम राजमार्ग निर्माण रोक्न अवरोध खडा गर्ने
  • नेपालको उद्योग-धन्दा कमजोर पार्न निर्यात-आयातमा असहयोग गर्ने नीति

तर, राजा महेन्द्रले राष्ट्रवादी नीतिहरू लागू गर्दै नेपाललाई बलियो बनाउने दिशामा काम गरे।

  • राष्ट्रियता प्रवर्द्धन गर्दै “नेपालको लागि नेपाली” नारा अघि बढाए।
  • राष्ट्रिय परिचयपत्र (नागरिकता) प्रणाली लागू गरी सीमावर्ती क्षेत्रमा विदेशी प्रवेश रोक्न खोजे।
  • पञ्चायती शासन प्रणाली लागू गर्दै दलहरूलाई निषेध गरे, जसले भारतीय प्रभावलाई कमजोर बनायो।
  • नेपाललाई वैदेशिक कूटनीतिमा सशक्त बनाउँदै चीन, पाकिस्तान, रसिया जस्ता राष्ट्रहरूसँग सम्बन्ध विस्तार गरे।

भारतको असफल योजना र राजा महेन्द्रको विजय

भारतले नेपाललाई दबाब दिने अनेकौं प्रयास गर्‍यो, तर राजा महेन्द्रको राष्ट्रवादी अडानले सबै योजनाहरू असफल भए।

  • पूर्व-पश्चिम राजमार्ग सफलतापूर्वक सम्पन्न भयो।
  • नेपालमा रसियाली तथा चिनियाँ प्रविधिबाट आधुनिक विकास सुरू भयो।
  • राजा महेन्द्रको पालामा नेपाल अन्तर्राष्ट्रिय रूपमा सम्मानित राष्ट्र बन्यो।

निष्कर्ष: राजा महेन्द्र – आधुनिक नेपालको निर्माता

राजा महेन्द्र नेपालका सबैभन्दा दूरदर्शी र कूटनीतिक नेता थिए। उनी केवल शासक मात्र नभएर देशको संरक्षक, कूटनीतिज्ञ, र आधुनिक नेपालका निर्माता थिए। उनले नेपालको सम्प्रभुता बचाउन मात्र होइन, देशलाई आत्मनिर्भर बनाउने अनेकौं योजनाहरू कार्यान्वयन गरे।

आज हामीले विदेशी शक्तिको इशारामा नेपाललाई कमजोर बनाउने दलहरूको जयजयकार गर्ने कि राष्ट्रिय स्वाधीनताको लागि संघर्ष गर्ने राजा महेन्द्रको योगदानलाई सम्झने? यही प्रश्न आजका सबै नेपालीले सोच्नुपर्ने समय आएको छ।

श्री ५ ज्ञानेन्द्र शाहदेवको राजकीय भ्रमण: तुलसीपुरमा आत्मीय भेटघाट र राष्ट्रका निम्ति प्रार्थना

श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेव, आफ्नी महारानी श्री ५ कोमल शाहदेवी र अधिराजकुमारी प्रेरणा शाहदेवीसहित पवित्र भूमि दाङको तुलसीपुरमा शनिबार राजकीय रूपमा पधार्नुभएको छ।

तुलसीपुरको ऐतिहासिक वीरेन्द्र चोकमा पुगेर श्री ५ वीर विक्रम शाहदेवले आफ्ना दिवंगत पूज्यनीय दाजु, प्रजाप्रेमी श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेवको सालिकमा माल्यार्पण गर्दै दिवंगत आत्माको चिरशान्तिका निम्ति श्रद्धाञ्जलि अर्पण गर्नुभयो।

तदुपरान्त, श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेवले होटेल वेष्टर्न प्यालेसको प्राङ्गणमा उपस्थित प्रजा, श्रद्धालुजन र शुभचिन्तकहरूसँग आत्मीय भेटघाट गर्नुभयो। उहाँको दर्शन र उपस्थितिमा उत्साहित शुभेच्छुकहरूले “श्री ५ को जय!” नाराका साथ राजभक्ति प्रकट गरेका थिए।

उहाँले सोही दिन घोराही उपमहानगरपालिका-५ स्थित पाण्डबेश्वर महादेव मन्दिरमा पुगेर विशेष पूजा-अर्चना गर्नुभयो। यस मन्दिर परिसरमा केही वर्षअघि विश्वकै अग्लो त्रिशूल स्थापना गरिएको थियो, जसको दर्शन र आराधना गर्दै श्री ५ ज्ञानेन्द्र शाहदेवले राष्ट्रको शान्ति, समृद्धि र प्रजाको कल्याणका निम्ति प्रार्थना गर्नुभएको थियो।

पूजा-पाठ सम्पन्न गरेपछि श्री ५ ज्ञानेन्द्र शाहदेवले घोराही हुँदै लमहीतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ। यस राजकीय भ्रमणको सम्पूर्ण व्यवस्थापन पूर्व सांसद गंगा चौधरीले नेतृत्व गर्दै, जिल्ला सवारी संयोजकको हैसियतमा गरिरहनुभएको छ।

श्री ५ को आगमनले दाङको वातावरणमा नयाँ ऊर्जा र उत्साह छाएको छ भने उहाँको महादर्शनका लागि उपस्थित जनसाधारणमा अपार श्रद्धा र उत्सुकता देखिएको छ। “श्री ५ को जय!” आवाजले तुलसीपुर क्षेत्र गुञ्जायमान भएको थियो।

नेपालमा राजतन्त्र पुनर्स्थापनाबारे जनमत सङ्ग्रह सम्भव छ कि छैन? विदेशी प्रभाव र राजनीतिक दलहरूको भूमिका

काठमाडौँ – नेपालको राजनीतिक परिप्रेक्ष्यमा राजा राख्ने कि नराख्ने भन्ने बहस पटक-पटक उठ्दै आएको छ। केही समूहहरूले यो विषयमा जनमत संग्रहमार्फत जनताको राय लिने माग गर्दै आएका छन्। तर, सरकार र प्रमुख राजनीतिक दलहरूले यो मागलाई बेवास्ता गरिरहेका छन्।

जनमत संग्रहको माग र यसका अवरोध
जनताले नै आफ्नो शासन व्यवस्था छान्न पाउनु लोकतन्त्रको मूल मर्म हो। नेपालमा गणतन्त्र घोषणा भएको १६ वर्ष बितिसक्दा पनि राजा राख्ने कि नराख्ने भन्ने विषयमा स्पष्ट सहमति बन्न सकेको छैन। केही नागरिक समाज र पूर्व राजपरिवारका समर्थकहरूले जनमत संग्रहको माग राख्दै आएका छन्, तर सरकारले यो मागलाई सम्बोधन गर्न सकिरहेको छैन। यसले सरकारको इच्छाशक्तिमाथि प्रश्न चिन्ह खडा गरेको छ।

राजनीतिक दलहरूको भूमिका र विदेशी प्रभावको आरोप
नेपालका प्रमुख राजनीतिक दलहरूलाई विदेशी शक्तिहरूको प्रभावमा रहेको आरोप पटक-पटक लाग्दै आएको छ। दलहरूले आफ्ना नीतिहरूमा विदेशी परामर्शलाई प्राथमिकता दिएको भन्दै आलोचना हुने गरेको छ। राजनीतिक विश्लेषकहरूका अनुसार, दलहरू आफ्ना निर्णयहरूमा विदेशी दूतावासहरूको सल्लाहलाई बढी महत्व दिन्छन्, जसले गर्दा उनीहरूको स्वतन्त्रता र स्वाधीनतामाथि प्रश्न उठ्ने गरेको छ।

जनमत संग्रह: लोकतन्त्रको परीक्षा
राजा राख्ने कि नराख्ने भन्ने निर्णय जनताकै हातमा राख्नुपर्ने माग लोकतान्त्रिक दृष्टिकोणले जायज छ। जनमत संग्रहमार्फत यो विषयको छिनोफानो गर्नु लोकतन्त्रको सच्चा परिपाटी हो। तर, दलहरूले यसलाई बेवास्ता गर्दा उनीहरूको लोकतन्त्रप्रतिको प्रतिबद्धतामाथि गम्भीर शंका उत्पन्न भएको छ।

नेपालको राजनीतिक स्थिरता र दीर्घकालीन शान्तिका लागि यो विषयमा जनताको निर्णय लिनु अत्यन्त जरूरी छ। सरकार र दलहरूले विदेशी शक्तिको दबाबबाट मुक्त भएर जनताको आवाज सुन्न सक्नुपर्छ। यो विषयमा तत्काल गम्भीर छलफल र जनमत संग्रहको आवश्यकता रहेको प्रस्ट छ।


सम्पादकको टिप्पणी: नेपालको राजनीतिक दलहरूले जनताको वास्तविक मागलाई सम्बोधन नगरी विदेशी प्रभावमा निर्णय लिँदा लोकतन्त्र कमजोर बन्दै गएको छ। यो परिस्थितिमा जनमत संग्रह नै समाधान हुन सक्छ, जसले वास्तविक अर्थमा जनताको शासन स्थापित गर्नेछ।

दरबार हत्याकाण्ड को त्यो २३ बर्ष : राजा वीरेन्द्रको वंश विनाश

कवि भूपीले नेपाल अफवाहको देश हो भनी प्रख्यात टिप्पणी गरेका छन् । तर, यो नेपाल वा यसको राजधानी सहर काठमाडौंलाई चित्रण गर्ने हल्ला मात्र होइन, अनगिन्ती हत्याका घटनाले बिग्रिएको इतिहास पनि हो । पृथ्वीनारायण शाहले एकीकरणको माध्यमबाट आधुनिक नेपालको रूपरेखा चित्रण गरेका छन् । नेपाली जनता र शाह वंशका उत्तराधिकारीहरूलाई राजा विशालद्वारा यसको विरासत सुम्पिएको थियो। नेपालको इतिहास शासनको लगाम चलाउने शाह वंश र भाइवरदारहरू भनेर चिनिने समकालीन दरबारीहरू बीचको सत्ता संघर्ष र षड्यन्त्रको परिणामस्वरूप रक्तपातले रंगिएको छ। यो अनुमान गर्न सकिन्छ कि यी धेरै घोटाला र हत्याहरू पछाडिको चालक शक्तिहरू मुख्य रूपमा दुई गुणा थिए: शक्तिको खोजी र रोमान्टिक उलझनहरूबाट उत्पन्न हुने समस्याहरू।

अक्टोबर १९०३ को कोट नरसंहार, भण्डारखाल पर्व नरसंहार र १९४२ मा भएको नरसंहार जस्ता ऐतिहासिक घटनाहरू विशेष दुःखद छन्। प्रारम्भिक दुई घटनाहरूले जंगबहादुरको उदयलाई सहज बनायो, जबकि पछिल्लोले राणा गुटहरू, विशेष गरी जंग र शमशेर समूहहरू बीचको शक्ति र प्रभुत्वको द्वन्द्वलाई उजागर गर्यो। तत्कालीन प्रधानमन्त्री रणद्वीप सिंहको नारायणहिटी दरबारमा आफ्नै दाजु धिमशेरका छोराहरूले हत्या गरेका थिए । ११६ वर्षपछि जङ्ग गुटबाट शमशेर गुटमा सत्ता हस्तान्तरण भएपछि नारायणहिटी दरबारमा अर्को क्रुर नरसंहार भयो, जसलाई दरबार नरसंहार भनिन्छ ।

पहिलेको नरसंहारको जरा दाजुभाइबीचको सत्ता संघर्षमा थियो, जबकि पछिको नरसंहार युवराज दीपेन्द्रले आफ्नी आमाले आफूले माया गरेको महिलासँग विवाह गर्न अस्वीकार गरेको कारणले सुरु भएको थियो।

हत्याको वातावरण

यो मे महिनाको लामो, चिसो दिन थियो। शुक्रबार राति करिब ९ः३० बजे राजपरिवार नारायणहिटी दरबारस्थित त्रिभुवन सदनमा भेला भएका थिए । तेस्रो शुक्रबार साँझ हुने मासिक पारिवारिक जमघटको परम्पराअनुसार वैशाख १९ गते राजपरिवार र आफन्तजनलाई दरबारमा आमन्त्रण गरिएको थियो ।राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निरजनलगायत २४ जनालाई आमन्त्रण गरिएको थियो । , राजकुमारी श्रुति, शाही परिवारका अन्य सदस्यहरू र आफन्तहरू। राजकुमारी प्रेक्षा, कुमार मोहनबहादुर शाही र राजकुमारी विमला सिंह बाहेक सबै उपस्थित थिए।

राति ८ः३० बजे राजा वीरेन्द्र सदनतर्फ प्रस्थान गरे । आधा घन्टा नपुग्दै एउटा डरलाग्दो घटना घट्यो । उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन अनुसार मादक पदार्थ सेवन गरी राजकुमार दीपेन्द्रले राइफल प्रयोग गरी हत्या गरेको थियो । उनले पहिले आफ्ना बुबा राजा वीरेन्द्रलाई गोली हाने र त्यसपछि रानी ऐश्वर्या, राजकुमार निरजन र राजकुमारी श्रुतिसहित हलमा उपस्थित परिवारका अन्य सदस्यहरूमाथि हतियार प्रहार गरे। केही मिनेटमै शाही परिवारका १० सदस्यको हत्या भयो।

को मर्यो?

  • राजा वीरेन्द्र
  • रानी ऐश्वर्या
  • युवराज दिपेन्द्र
  • राजकुमार निरजन
  • राजकुमारी श्रुति
  • राजकुमारी शान्ति सिंह
  • राजकुमारी शारदा शाह
  • राजकुमारी जयन्ती शाह
  • राजकुमार धीरेन्द्र शाह
  • कुमार खडकविक्रम शाह

को बाँचे ?

  • रानी माता रत्न
  • राजकुमारी कोमल
  • राजकुमारी शोभा
  • राजकुमारी हेलेन
  • राजकुमार पारस
  • राजकुमारी पूजा
  • राजकुमारी प्रेरणा
  • राजकुमारी सीतास्मा
  • कुमार गोरखशमशेर राणा
  • केतकी चेस्टर
  • रविशमशेर राणा
  • राजकुमारी हिमानी सिंह
  • महेश कुमार सिंह
  • डा. राजीवराज शाही

वीरेन्द्रको वंशको विनाश

दरबार हत्याकाण्ड भनेर चिनिने यो हत्याकाण्डले वीरेन्द्र वंशको अन्त्य गर्‍यो। क्याम्प अस्पतालदेखि आर्यघाटसम्मको हत्याकाण्ड र त्यसपछिका तीन दिनसम्मका दृश्यहरू अत्यन्तै हृदयविदारक थिए। असार २२ गते राजगद्दी सम्हालेका राजा ज्ञानेन्द्रले सभामुख तारानाथ रानाभाट र प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायसहितको उच्चस्तरीय छानबिन समिति गठन गरेका थिए । समितिको प्रतिवेदनमा युवराज दीपेन्द्रले मदिरा सेवन गरेर हत्या गरेको निष्कर्ष निकालेको छ ।

आधिकारिक प्रतिवेदनका बाबजुद, जनताले दीपेन्द्रलाई बलिको बोकाको रूपमा प्रयोग गरेर वीरेन्द्रको वंशलाई नष्ट गर्ने प्रयास भएको विश्वास गर्दै षड्यन्त्र भएको शंका गरे। हत्याकाण्डको २३ वर्ष बितिसक्दा पनि साँचो अपराधीबारे शंका कायमै छ । दरबार हत्याकाण्डले विश्वलाई स्तब्ध र शोकमा छाड्यो, जुन २१ औं शताब्दीको एउटा महत्वपूर्ण घटना हो। यो दु:खद शुक्रबारले नेपालमा राजतन्त्रको अन्त्य गरी गणतन्त्रको बीउ छर्यो। नेपाल पाक्षिकमा दमन्नाथ ढुंगानाको अन्तर्वार्ताको शीर्षकले अधोरेखित गरेको घटना ‘शुक्रवरे सत्यनाशा’ (शुक्रबारे विनाश) आज पनि सान्दर्भिक छ।

युवराज दीपेन्द्रले आफूले मन पराएको युवतीसँग विवाह गर्न नसकेर लागुऔषधको चपेटामा परेर आत्महत्या गर्नुअघि नै हत्या गरेको उच्चस्तरीय छानबिन समितिले निष्कर्ष निकालेको छ । यद्यपि, धेरैले यस कथामा शंका गर्छन्। दरबारका पूर्व सैनिक सचिव विवेककुमार शाहले आफ्नो पुस्तक ‘मै देखे के दरबार’ र अर्का प्रख्यात पूर्वराजशाही सुन्दर प्रताप राणाले आफ्नो पुस्तक ‘ट्र्याजेडी अफ द प्यालेस, रोयल फैमिली एन्ड एक्सटर्मिनेशनः मैले देखेको जस्तो देखेँ । ,’ हत्याकाण्डमा युवराज दीपेन्द्रको संलग्नता रहेको सुझाव दिन्छ । तैपनि, प्रश्न र शंकाहरू कायम छन्, र नरसंहारको पछाडिको पूर्ण सत्य मायावी रहन्छ।