काठमाडौँ। ‘पृथ्वीनारायण शाहले चन्द्रागिरी डाँडोमा बसेर नेपाल एकीकरणका लागि योजना बनाएका थिए’ भन्ने कुराबाट चन्द्रागिरी गाँडोलाई ऐतिहासिक महत्त्वका साथ लिन सकिन्छ। चन्द्रागिरीमा उनै पृथ्वीको शालिक औला ठडाएर विराजमान छ।
चन्द्रागिरीको डाँडोबाट काठमाडौं उपत्यकासँगै वरपरका हिमालहरू नियाल्न पाइन्छ। त्यतिमात्रै होईन, टेलिस्कोपको सहाराले सगरमाथासमेत देख्न सकिन्छ। अचेल चन्द्रागिरी आन्तरिक तथा बाह्य पर्यटकको रोजाईको केन्द्र बन्दै गएको छ।

अहिले चन्द्रागिरीमा कटेजमात्रै नभएर कंक्रिट भवनसमेत निर्माण गरिएका छन्। सञ्चालक चन्द्र ढकाल चन्द्रागिरीलाई विश्वमा चिनाउनको लागि आफू प्रयासरत रहेको बताउछन्।



