Thursday, June 13, 2024
Google search engine
Homeधर्म संस्कृतिआज भक्तपुर दरबार स्क्वायर ले दिएको सन्देश

आज भक्तपुर दरबार स्क्वायर ले दिएको सन्देश

“भक्तपुर तलेजु भवानी मन्दिर परिसर बाट”,
यी र यस्ता फोटा र भिडियोहरु आज सामाजिक संजाल तथा संचारमाध्यम का भित्तामा छ्याप-छ्याप्ति देख्न सकिन्छ !
कोहि कसैले ह्विप जारी गरेर वा ओसारपसार गरेर वा विभिन्न खोखला आश्वासन र दामको भरमा थुपारिएका कुनै तथाकथित राजनीतिक दलको भिड होईन यो ।
न यहाँ कोहि भाषण सुन्न नै आएका छन् , न दुई चोक्टा मासु र एक गिलास लोकल रक्सी / बियर कै लोभमा ।
न यहाँ कोहि कसैलाई नेता बनाउन नै आएका हुन् !
सबैखाले छल-छाम, लोभ-लालच, लेनदेन, स्वार्थ भन्दा निकै माथी मातृभूमि प्रतिको चिन्ता र चासो व्यक्त गरिरहेको “जनसगर” हो !
यो आस्था, विश्वास, माया हो !
यो “जनसागर” हो, आफ्नो मुखिया प्रतिको विश्वासको !
यो अन्तिम र निर्णायक धरोहर प्रतिको भक्ति-भाव हो !
यो अभिभावक र पारिवारिक सदस्य बिचको सानिध्यता हो !
यि देशभक्तिको भावले ओतप्रोत नेपाल आमाको दुरदसाले चिन्तित नेपालीजन हुन् !
नेपाल – नेपाली – नेपालीपना मास्न उद्धत भएका दानवीय नरपिशाचहरुका लागि देशभक्त नेपालीहरु ले दिएको सन्देश हो ।
भ्रष्ट ब्यवस्था, भ्रष्ट ब्यवस्थापन, भ्रष्ट शासक का विरुद्ध शंखनाद हो !
ब्याप्त “विकेन्द्रीकृत लूटतान्त्रिक विसर्जनतन्त्र” का विरुद्ध “जनसैलाब” हो ।
दामवादी, खामवादी, खाउवादी, चटके, मालवादी देशद्रोही झुन्डका लागि चेतावनी हो !
भ्रष्ट लूटेरा बलात्कारी तस्कर मण्डलीका लागि शंखनाद हो ।
वेदभूमी माथि राक्षसहरु ले गरिरहेको आक्रमणको विरुद्ध “तलेजु भवानी” ले लिएको “रण-चण्डी अवतार” को संकेत हो !
यो पवित्रभूमीलाई अपवित्र गर्न उद्धत असुरहरुको दिन गिन्ती सुरुभएको उद्घोष हो ।
ऋषि-मुनिको तपोभूमी यस पाशुपत्त क्षेत्रको अस्तित्व नै संकटमा पार्न तल्लिन कुलंगारहरुको “सर्वनाश” को सन्देश हो ।
“सत्ता र भत्ता” का लागि “बेचिएका आमाको अस्तित्व खोज्दै” एकीकृत भएका आम देशभक्त मुक्ति कामी नेपाली मन र जन हुन यिनि ।
छद्मभेषी लन्ठुहरुका लागि “स्व-आत्म समीक्षा सहितको भुलसुधार” का लागि अन्तिम अवसरको पनि सन्देश हो ।
सबैलाई समय मै चेतना भया !!
हर हर महादेव ।। जय तलेजु भवानी ।।
डा. मनोज कुमार झा
(डा. मनोज मुक्ति “विवेक”)
राष्ट्रिय अध्यक्ष
राष्ट्र बचाउ अभियान
एवं
राष्ट्रिय नागरिक आन्दोलन
शनिबार संवाददाता
शनिबार संवाददाताhttps://sanibar.com
स्मार्ट केयर प्रा.ली. द्धारा सञ्चालित SANIBAR.COM लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा टिकटक मा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments