Sunday, December 15, 2024
Google search engine
Homeसमाचारचित्लाङमा करेन्ट लाग्दा बालक गम्भीर घाइते

चित्लाङमा करेन्ट लाग्दा बालक गम्भीर घाइते

मकवानपुर थाहा नगरपालिका ९ चित्लाङ खलिवनका ११ वर्षिय बालक सुदिप तामाङ लामा करेन्ट लागेर गम्भिर घाईते घाईते भएका छन् । तामाङ ११ के.भि. भोल्टेजको लाईनबाट प्रवाह भएको करेन्ट लागेर गम्भिर घाईते भएका हुन् । घाइते तामाङको किर्तिपुर स्थित वन्र्ट अस्पतालको आईसियुमा उपचार भईरहेको छ । उनको दायाँ हातको नारीबाटै चुँडिएको छ । त्यस्तै अन्य गम्भीर चोटपटक पनि लागेको छ ।


 
 

घर निजकै चङ्गा उडाएर खेल्दा पोलमा अड्केको चंङ्गा झिक्न खोज्दा २ भाद्रमा तामाङलाई करेन्ट लागेको स्थानीयले बताएका छन् । केही समय अघि मात्र निर्माण भएको ३३ हजार भोल्टको लाइनको पोल पुरै ढल्केकोे र तार पनि जमिनबाटै छुने अवस्थामा रहेको भएपनि पालुङ वितरण केन्द्रले लाईन चार्ज गरेपछि घटना घटेको बताइएको छ ।
पटक पटक पालुङ प्राधिकरण केन्द्रलाई सो जीर्ण लाईन मर्मत नगरी लाईन नछाड्न प्राधिकरण समक्ष गुनासो गरे पनि सुनवाई नहुँदा घटना भएको स्थानीय सानुकान्छा तामाङले बताए । ‘केही समय अघिमात्र प्राधिकरणबाट निरीक्षणको लागि गाउँमा केही प्राविधिक आएका थिए, उनीहरुलाई पोल र तार व्यवस्थित नगरी लाइन नछोड्न भन्यौं, तर टेरेनन्, घटना भयो’–सानुकान्छाले भने । पहिले कुरा स्मरण गर्दै सानुकान्छाले थपे–‘ प्राधिकरणका कर्मचारीहरुले लाइन व्यवस्थित भए पश्चातमात्र करेन्ट छोड्ने बताएका थिए, कहिले लाइन छोडे हामीलाई थाहा भएन, यही सूचना थाहा हुन्थ्यो भने घटाना घट्ने थिएन कि, अब यसको सबै जिम्मा प्राधिकरणले नै लिनु पर्दछ ।’

प्राधिकरणले उक्त लाईन लामो समयदेखि खाली राखेको र अहिले कसैसँग समन्वय नगरी लाईन छोडेकाले दुर्घटना भएको थाहा नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष राजकुमार बलामीले बताए । लाईन जिर्ण छ भन्ने जान्दा जान्दै प्राधिकरणले लाईन छोडेर गम्भिर लापरबाही गरेको बलामीको प्रतिक्रिया छ ।

यसैबीच नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रका प्रमुख बिरमान रास्कोटीले प्राधिकरणको गल्ती नभएको बताए उनले भने–‘दुर्घटना नहुनु थियो भै हाल्यो क्षतिपूर्तिको लागि पहल गरिने बताए । उनले प्राधिकरणले सुचना दियरै लाइन संचालन गरेको जिकिर गरे ।

शनिबार संवाददाता
शनिबार संवाददाताhttps://sanibar.com
स्मार्ट केयर प्रा.ली. द्धारा सञ्चालित SANIBAR.COM लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा टिकटक मा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments